ताजा खबर

हाम्रो बारेमा


प्रदेश जनस्वास्थ्य प्रयोगशाला (Province Public Health Laboratory) प्रदेश सरकार बागमती प्रदेश  अंतर्गत सामाजिक विकाश मन्त्रालयको मातहतमा रहेको प्रयोगशाला हो । यो प्रयोगशालाले बागमती प्रदेश भित्र रहेका सरकारी प्रयोगशालाहरु तथा अन्य विभिन्न प्रयोगशालाहरु संग सम्बन्ध तथा समन्वय राख्दछ । प्रयोगशालाले आमनागरिकलाई सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने प्रयोजनकोलागी प्रचलित कानून बमोजिम विभिन्न सरकारी, गैरसरकारी, निजि, सामुदायिक, सहकारी स्तरमा स्थापना हुने स्वास्थ्य संस्थामा आधारित प्रयोगशालाहरु तथा प्रयोगशाला सेवामात्र प्रदान गर्ने गरी स्थापना हुने प्रयोगशालाहरुको सेवा सञ्चालन गर्दा पालन गर्नु पर्ने मापदन्ड तथा स्वास्थ्य प्रयोगशाला सेवा अनुमति प्रदान गर्ने प्रक्रियालाइ सरल, सहज, व्यवस्थित तथा प्रभावकारी बनाइ प्रयोगशालालाई थप व्यवस्थित र गुणस्तरिय बनाउने उद्देश्यले बागमती प्रदेशको धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको हो  यस प्रदेश जनस्वास्थ्य प्रयोगशाला अन्तर्गत निम्न चार किसिमको शाखाहरुले तल उल्लेखित कार्य गर्दछ |

  • नसर्ने रोग प्रयोगशाला शाखा
    • नसर्ने रोग प्रयोगशाला सम्बन्धी प्रदेश स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।

    • नसर्ने रोग प्रयोगशाला सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण सम्बन्धी कार्यहरू गर्ने ।

    • डाइविटिज, किड्नी, लिभर, मुटु तथा अन्य वातावारणीय एलर्जी (इम्युनोलोजी आदि सम्बन्धी) रोगहरुको प्रेषण प्रयोगशाला सम्बन्धी कार्य गर्ने ।

    • नसर्ने रोगहरुको प्रयोगशाला परीक्षण सम्बन्धमा अनुसन्धनात्मक कार्यहरु सञ्चालन गर्ने र अनुसन्धानका नतिजाहरु प्रदेश भर सञ्चालित प्रयोगशालाहरुमा आदन प्रदान गर्ने ।

    •  नसर्ने रोगहरुको सर्भिलेन्स सम्बन्धी कार्यहरु गर्ने साथै प्रदेश भित्रका सर्भिलेन्सका नतिजाहरुका सम्बन्धमा आवश्यकता अनुसार समन्वय गर्ने ।

  • संक्रामक रोग प्रयोगशाला शाखा

    • संक्रामक रोग प्रयोगशाला सम्बन्धी प्रदेश स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।

    • संक्रामक रोग प्रयोगशाला सम्बन्धी निर्देशिका, प्रोटोकलतथा मापदण्ड एवं गुणस्तर निर्धारण सम्बन्धी कार्यहरू गर्ने ।

    • परजिवी सम्बन्धी मलेरिया, कालाजर, हात्तिपाइले, आदि) प्रेषण प्रयोगशाला सञ्चालन गर्ने ।

    • टि.बि. सम्बन्धी प्रेषण प्रयोगशाला सञ्चालन गर्ने ।

    • संक्रामक रोग सम्बन्धी अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्ने र अनुसन्धानका नतिजाहरु वितरण गर्ने ।

    • महामारी रोकथाम नियन्त्रणको लागि सबै सम्बन्धित शाखा / उपशाखाका पदाधिकारीहरु समेटिएको एउटा महामारी रोकथाम समिति गठन गरिने छ र उक्त समितिको समन्वयको कार्य इपिडिमियोलोजिष्टले गर्नेछन् ।

  • गुणस्तर नियन्त्रण तथा तालिम शाखा

    • प्रादेशिक प्रयोगशालाहरुबाट गुणस्तर नियन्त्रणका लागि पठाइएको नमुनाहरुको परीक्षणको नतिजा संकलन गर्ने, विश्लेषण गर्ने र आवश्यक पृष्ठपोषण गर्ने ।

    • गुणस्तर नियन्त्रण कार्यमा सम्लग्न प्रादेशिक प्रयोगशालाहरुको अन साइट भ्रमण गर्ने सेवा गुणस्तर सम्बन्धी कार्यको भौतिकरुपमै निरीक्षण गर्ने ।

    •  प्रादेशिक प्रयोगशालाहरुका प्रयोगशालाकर्मीहरुमा (ToT) तालिम प्रदान गर्नुका साथै प्रयोगशाला सेवा सञ्चालनकालागि आवश्यक सहयोग गर्ने ।

    • प्रादेशिक प्रयोगशालाहरुमा विश्व स्वास्थ्य संगठन तथा ISO जस्ता संस्थाहरुको मान्यता प्राप्त गराउन आवश्यक सहजीकरण गर्ने ।

    • तयार गरिएका गुणस्तर नियन्त्रण नमुनाहरु प्रादेशिक प्रयोगशाला अन्तर्गतका प्रयोगशाला हरुमा पठाउने ।

  • आर्थिक तथा प्रशासन शाखा

    • प्रयोगशालाका कर्मचारीहरुको हाजिर तथा विदा ब्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

    • प्रयोगशालाका कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने ।

    • प्रयोगशाला अन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।

    • प्रयोगशालाको कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।

    • प्रयोगशालाको आन्तरिक लेखा परिक्षण गराउने ।