ताजा खबर

नि. निर्देशकको सन्देश


नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय मातहत जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलमा स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ । यस कार्यालयको कार्य क्षेत्र बागमती प्रदेश अन्तरगतका सम्पुर्ण जिल्लाहरु रहेको र हाल धुलिखेल नगरपालिकामा अवस्थित रहेको छ । जनस्वास्थ्य प्रयोगशालाले नसर्ने रोग, संक्रामक रोग, जाँचको गुणस्तर नियन्त्रण तथा प्रयोगशालाको जनशक्तिलाइ तालिम प्रदान गरी प्रयोगशालाले सम्पूर्ण रुपमा निदान सेवा, रोगको सर्भेइलेन्स, अनुसन्धान लगायतका कार्यहरु गर्दछ | यसरी रोगको कारण पता लगाई रोग बल्झिनु भन्दा अघि शुरुकै अबधिमा पहिचान र उपयुक्त उपचार गर्ने र उपचार प्रभावकारी भए वा नभए यकिन गर्न सहयोग पुग्ने गरि र रोग पुर्णरुपमा निको भएको समेतको प्रमाणिकरण गर्ने कार्य गर्दछ | नेपालको संबिधानले स्वास्थ्यलाइ नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको सन्दर्भमा प्रयोगशाला सेवालाई ब्यबस्थित बनाउने र राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले अबलम्बन गरेको अबधारणा अनुरुप स्वस्थ्य तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिकलाइ प्रत्याभूति गर्नको लागि साधनश्रोतको अधिकतम एबं प्रभावकारी प्रयोग गरी प्रयोगशाला सेवामा सहकार्य र साझेधारी गरि गुणस्तरीय  प्रयोगशाला सेवाको पहुँच र उपभोग सुनिश्चित गर्नु पर्दछ |